नेपाल प्रिमियर लिगमा विराटनगरको लगातार तेस्रो जीत

Spread the love

काठमाण्डौं,८ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो । विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २र२ विकेट लिए । यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दोस्रो हार बेहोरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *