Spread the love

काठमाण्डौं,१७ पुस । सन् २०२४ मा ११ लाख ४० हजार जनाभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले दैनिक सरदर तीन हजार जना पर्यटक भ्रमणमा आएका बताउँदै अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको जानकारी दिनुभयो ।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन ९यूएनडब्लुटीओ० को पछिल्लो ६ महिनाको तथ्याङ्कानुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग एनपीएल, विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *