काठमाण्डौ,फागुन २६,नेसनल प्याब्सन दाङ जिल्लाका निबर्तमान अध्यक्ष विमल गौतम नेसनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनीत हुनुभएको छ ।
रिपोर्टस क्लब दाङका महासचिव,रेडियो सञ्जिवनि एफएमका सम्पादक समेत रहेका गौतम काठमाण्डौमा सम्पन्न बैठकबाट आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित हुनु भएको केन्द्रिय सदस्य भिमबहादुर बुढाथोकिले जानकारी दिनु भयो । नेसनल प्याब्सनको केन्द्रिय समितिको फागुन २५ र २६गते नगरकोटमा बसेको सातौ पूर्ण बैठकबाट गौतमलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको हो ।गौतम तुलसीपुर उधोग बाणिज्य सघंको सहकोषाध्यक्ष लगायत बिभिन्न सामाजिक तथा ब्यबसायिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ ।