आजपनि मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना

ByNews

२०८१ जेष्ठ ७, सोमबार ०८:०४ २०८१ जेष्ठ ७, सोमबार ०८:०४ २०८१ जेष्ठ ७, सोमबार ०८:०४
Spread the love

काठमाडौँ, ७ जेठ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *