सम्बन्धित निकाय जोगिन खोजेपछि विद्युतिकरणमा ढिलाई भएको हुन सक्ने रितेश फेन्सी स्टोरका संचालक लक्ष्मण थापाले बताउनुभयो । ‘लाइट नबाल्ने भए किन पोल ल्याएर गाडेको के यसमा घिरौंला, लौका फलाउने हो र होइन भने किन ढिलाई भइरहेको छ विद्युत प्राधिकरणले बाल्नु पर्ने होकी, स्थानीय सरकार कसले हो, त्यसका लागि तुलसीपुर उद्योगवाणिज्य सङ्घले निरन्तर खबरदारी गर्न आवश्यक छ ।’ थापाले भन्नुभयो
तुलसीपुर, ३ साउन । उज्यालो तुलसीपुरका लागि जडान गरिएका हाइमास्ट लाइटमा विद्युतिकरण नहुँदा बल्न सकेका छैनन् । लुम्बिनी प्रदेश सरकारको ५२ लाख लागतमा तुलसीपुरको वीरेन्द्र चोक, गुम्राह चोक, हात्तीखौवा चोक र बिजौरी बजार समेत गरेर ४ वटा हाइमास्ट लाइट जडान गरिएको छ । तुलसीपुर बजार सहित आसपासका क्षेत्रलाई उज्यालो र सुरक्षित र बनाउनका लागि करिब एक महिना अघि लाइटहरु जडान गरिएको थियो । वीरेन्द्र चोकमा जडान गरिएको हाइमास्ट लाइट ३६ सय र गुम्राह चोक, हात्तीखौवा र बिजौरी बजारमा जडान गरिएका लाइट १८ सय वाटका रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीले जानकारी दिनुभयो ।
पोलहरु गाडेर हाइमास्ट लाइट जडान गरेको लामो समयसम्म सम्बन्धित निकायबाट विद्युतिकरण गरिएको छैन् । हाइमास्ट लाइट बाल्नका लागि नियमित लाग्ने विद्युत खर्चबाट सम्बन्धित निकाय जोगिन खोजेपछि विद्युतिकरणमा ढिलाई भएको हुन सक्ने रितेश फेन्सी स्टोरका संचालक लक्ष्मण थापाले बताउनुभयो । ‘लाइट नबाल्ने भए किन पोल ल्याएर गाडेको के यसमा घिरौंला, लौका फलाउने हो र होइन भने किन ढिलाई भइरहेको छ विद्युत प्राधिकरणले बाल्नु पर्ने होकी, स्थानीय सरकार कसले हो, त्यसका लागि तुलसीपुर उद्योगवाणिज्य सङ्घले निरन्तर खबरदारी गर्न आवश्यक छ ।’ थापाले भन्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकासँग समन्वय गरेर तुलसीपुरमा हाइमास्ट लाइट जोडेको बताउँदै वाणिज्य सङ्घका अध्यक्ष केसीले स्वामित्वका लागि पालिकाले चिठ्ठी समेत दिएको बताउनुभयो । ‘सकरभर दाता खोज्ने अवस्था नआउला । विद्युतिकरणका विषयमा मेयर टिकाराम खड्कासँग बारम्बार कुरा गरेका छौ । उहाँले हाकिम बिदा बसेकाले फर्के लगत्तै छलफल गर्ने बताउनु भएको छ । आशा गरौँ । किनकी तुलसीपुर बजार उज्यालो र सुरक्षित रहँदा त्यसको जस उपमहानगरले नै लिने हो । बजारमा रातबिरात सर्वसाधारण नागरिक काम विशेषले हिँडिरहेका हुन्छन् । उनीहरूको सुरक्षा पनि हुनेभयो । कुनै सम्भावित घटना भयो भने उज्यालोका कारण सिसी क्यामराले प्रष्ट देखाउने भयो । जसका कारण हुन सक्ने सम्भावित घटनामा कमी आउन सक्छ ।’ अध्यक्ष केसीले भन्नुभयो ।
यता तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्त्ता माधव वलीले प्रदेश सरकार अन्तर्गत रहेको उर्जामन्त्रालयले आफ्नो योजना आफै अलपत्र पारेको बताउनुभयो । ‘यो प्रदेश सरकारको योजना हो । यसलाई पूर्णता दिने काम उसकै हो । पालिकाले आर्थिक भार बहन गर्छ भनेर चिठ्ठी दिएको पनि छैन । यो समपूरक योजना पनि होइन, हामीले तत्काल किन लगानी गर्ने रु तर यति भन्दैमा हामी दायित्वबाट टाढीन खोजेका होइनौ । उसले अलपत्र छोडे पनि हामी छोड्दैनौ । कार्यपालिकाबाट निर्णय गरेर टुङ्गोमा पुग्छौ ।’ उपमहानगरका प्रवक्ता वलीले भन्नुभयो ।तुलसीपुर खबरबाट