तुलसीपुर, माघ २३ । तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ का २१ बर्षीय सन्तोष बिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
माघ १२ गते पक्राउ परेका भनिएका बिकलाई इलाका प्रहरी कार्यालले बुधबार सार्वजनिक गरेको छ ।
तुलसीपुर– ६ स्थित खैराबाङ मन्दिर तर्फ जाँदै गरेका बिकलाई उक्त दिन दिउँसो साढे ३ बजेतिर आशंका लागेर चेकजाँच गर्दा कुल चारवटा पुडिया बरामद भएको इप्रका तुलसीपुरका प्रबक्ता सुर्य रानाले जानकारी दिएका छन् ।
बिकबाट प्राप्त ब्राउन सुगर तौल गर्दा १२० मिलीग्राम रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका बिक उपर म्याद थप भइ थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको