Spread the love

दाङ,माघ २३ । नेकपा एमाले जिल्ला कमिटि दाङले घोराही ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ ।
एमाले जिल्ला कमिटिको आज पार्टी कार्यालय भरतपुरमा बसेको बैठकले २०७९ को आम निर्वाचनमा नेकपा एमालेका तर्फवाट निर्वाचित घोराहि ८ का वडा अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरि कारवाहि गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारि दिए ।

दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले पार्टीबाट निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए ।

शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए ।

एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एव घोराही उपमहानगरका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटिको बहुमत सदस्यहरुको बैठकबाट शाहलाई कारबाही गर्ने निर्णय गरेको हो ।

अब एमाले जिल्ला कमिटि बैठकको निर्णय पार्टी केन्द्रिय कार्यालयमा पठाएमा र पार्टीको केन्द्रिय कमिटिले निर्बाचन आयोगलाई पत्राचार गरेमा घोराही ८ को वडा अध्यक्ष पद रिक्त रहनेछ ।

अहिले आएको अध्यादेशले वडा अध्यक्षमाथि कारबाही भएर रिक्त हुन गएमा कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन सकिने कानुनी ब्यबस्था गरेको छ ।

वैठकमा केन्द्रिय सदस्यहरु जिवन गौतम, घनश्याम पाण्डे,भागवत विश्वाशी,कोमल वली, सिता सिग्देल, साजिदा सिद्धिकि सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *