अभिभावकसंग अन्तरक्रिया राप्ती बाल एकेडेमी तुलसीपुर– ६, गाइडहरमा अभिभावकसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका कक्षा नर्सरी देखी ५ कक्षासम्मका अभिभावकसंग अन्तरक्रियाका साथै एसईई २०८१ मा सफल हुने बिद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको हो । अन्तरक्रिया कार्यक्रममा बालबालिकालाई विद्यालयमा भर्ना गरेर मात्र नहुने भन्दै गुणस्तरी शिक्षाका लागि अभिभावकको भूमिका र दायित्व उतिकै हुने सहभागीले बताए थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल ठाकुर डाँगीले बालबालिकाको पहिलो पाठशाला घर भएको भन्दै आफ्ना बालबालिकाहरुको आनिवानी र पढाईको विषयमा अभिभावकहरुले पनि ध्यान दिनुपर्ने बताए । ‘बालबालिको चौतर्फी विकासका लागि हामीहरुले पढाई संगै विभिन्न क्रियाकलापहरु सञ्चालन गरेका छौ’, उनले भने,‘हामीबाट केही कमिकमजोरी छ भने सुझाव दिनुहोस । सच्याउन तयार छौ ।’ उनले राप्ती बालएकाडेमीबाट पढेका विद्यार्थीहरु डाक्टर इन्जिनियर देखि देश विदेशमा पुगेर प्रगति गरेको सुनाए ।
त्यस्तै डाँगीले पछिल्लो समयमा बालबालिकाहरु मोवाईलले गर्दा पढाई तिर ध्यान नदिएको गुनासो आएकाले अभिभावकले मोवाईलमा पनि केका लागि आफ्ना बालबालिकाले प्रयोग गर्छन त्यो तर्फ ध्यान दिनुपर्ने बताए ।