भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री बालेन

Spread the love

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बालेन स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, व्यापार, कनेक्टिभिटी र अन्य द्विपक्षीय विषयमा छलफल हुनुका साथै विभिन्न समझदारी तथा सम्झौतामा सहमति भएको थियो।

प्रधानमन्त्री शाहलाई भारतबाट बिदाइ गर्न भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत विमानस्थल पुगेका थिए।

विभिन्न उच्चस्तरीय भेटघाट, द्विपक्षीय वार्ता तथा सम्झौता र सहमतिका कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *