११ औँ दिनमा उद्धार गरिएकी श्रेष्ठलाई काठमाडौँ ल्याउने तयारी

Spread the love

नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।

उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचार गरेपछि आवश्यकता अनुसार थप उपचारका लागि उनलाई मैबल ब्यारेकबाट काठमाडौँ लगिनेछ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *