भोटेकोशी बाढीस् क्षतिग्रस्त जलविद्युत आयोजनामा तीव्र पारियो खोजी र उद्धार, सयौँ अझै बेपत्ता

Spread the love

काठमाडौँ। भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूमा प्रभावितहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ड्रोन टोली तथा तालिमप्राप्त कुकुरहरूसहितको टोली आयोजना स्थलहरूमा निरन्तर खटिएको छ।

बाढीबाट क्षतिग्रस्त प्रमुख जलविद्युत् आयोजनाहरूको पछिल्लो अवस्था

माथिल्लो त्रिशूली–१ ९२१६ मेगावाट आयोजनाको सुरुङ तथा हेडवक्स क्षेत्रबाट हराइरहेकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली प्राविधिक र शेर्पासहितको टोली परिचालित छ। ११० मिटरको तीनवटा डिसेण्डर बेसिनमा ‘आईआर ड्रोन’ मार्फत खोजी गरिएको छ। सेनाको टोलीले डिसेण्डर बेसिनको तल्लो भागबाट आइतबार दुईवटा शव निकालेको छ भने अडिट नम्बर ३ सुरुङबाट माथितिरको क्षेत्रमा खोजी तीव्र पारिएको छ। बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेको यस आयोजनामा हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ।

रसुवागढी ९१११ मेगावाट विद्युतगृहको चारै तला र कन्ट्रोल रुमसम्मै बाढीको हिलो, माटो र लेदो भरिएकाले भित्र जिवितै फेला पर्ने सम्भावना कमजोर बन्दै गएको छ । भित्री भागमा कोही नभेटिएपछि टोलीले घट्टे खोलादेखि टिमुरेसम्मको बाहिरी क्षेत्रमा ट्रेकिङ गाइड शेर्पाहरूको सहयोगमा स्थलगत खोजी जारी राखेको छ। आयोजनाका कर्मचारी, निर्माण कम्पनीका कामदार, ज्यालादारी मजदुर गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्।

रसुवा भोटेकोशी ९१२० मेगावाट यस आयोजनाबाट हराइरहेका मध्ये एकजना सवारी चालकको शव फेला परेको छ। दुई जना चिनियाँ नागरिकसहित अन्य तीन जना अझै बेपत्ता छन्। सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका ५ जनाको यसअघि नै उद्धार भइसकेको छ।

लाङटाङ खोला ९२० मेगावाट पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गर्दा बीभत्स अवस्थामा दुईवटा शव फेला परेपछि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्रको खोजी कार्य स्थगित गरेको छ। भेटिएका शवहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने भएको छ। आयोजनाका ३९ जना कामदार अझै हराइरहेका छन् भने १९ जनाको पूर्ववत् उद्धार भइसकेको छ।

त्रिशूली थ्री ‘बी’ ९३७ मेगावाट निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका थप १३ जना कामदार सम्पर्कमा आएपछि बेपत्ताको सङ्ख्या १४१ बाट घटेर १२८ पुगेको छ। यद्यपि, प्रवर्धक कम्पनीका कर्मचारी, तिनका परिवार, परामर्शदाता, सुरक्षा गार्ड र काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका इन्जिनियरिङका विद्यार्थीसहित १७८ जना अझै बेपत्ता छन्। खोजी कार्यलाई बढाउन अडिट सुरुङको सफाइ गरी ठूला मेसिनरी उपकरण आयोजनास्थलतर्फ लैजाने काम भइरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *