प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबिच के भयो कुराकानी?

Spread the love

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह बालेन र भारतका विदेशमन्त्री एस। जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने उच्चस्तरीय वार्तामा दुई देशबीचको आर्थिक, कूटनीतिक तथा विकास साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *