तुलसीपुर, ८ असार । दाङको तुलसीपुर उप–महानगरपालिकाले २०८२र०८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको नगरपालिकाको १७ औं नगरसभामार्फत नगर प्रमुख टिकाराम खड्काले १७ पृष्ठको निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । मेयर खड्काले प्रस्तुत गरेको आगामी आर्थीक बर्षको निति कार्यक्रममा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषी र रोजगारलाई प्राथामिकता दिइएको छ । कृषीअन्र्तगत तुलसीपुरका प्रत्यक वडामा ‘‘एक वडा एक कृषी उत्पादन संकलन तथा प्रवद्र्धन केन्द्र’’ स्थापना गरी स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्न वडाका अन्य स्थानमा पनी तरकारी बजार, हाटबजार सञ्चालन गरी बाह्य उत्पादनको आयात निरुत्साहित गर्ने र स्थानिय उत्पादनको बजारिकरणको व्यवस्था मिलाउने उल्लेख गरिएको छ । यसैगरी रोजगारीअन्र्तगत ‘‘सबल सहकारी, बढाउने छ रोजगारी’’ अभियानसँग जोडी सहकारी संघसंघस्थाहरुलाई स्थानिय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रबद्र्धन, भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारिकरणका लागी प्रोत्साहन गर्ने, हिंसा पिडित, द्धन्द्ध पिडित, विपन्न, एकल महिलाहरुलाई विशेष प्राथामिकतामा रोजगारी प्रदान गर्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
शिक्षाअन्र्तत विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालयमा ‘‘भित्र्याउने, सिकाउने र टिकाउने’’ अभियानलाई प्रोत्साहनमुलक कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयहरुमा अभिभावकसँग शिक्षक कार्यक्रमलाई निरन्तरता दिइने र ‘‘मेरो विद्यालय, सुरक्षीत र उत्कृष्ट शिक्षालय’’ अन्र्तगत विद्यालयहरुको भौतिक पुर्वाधारहरु भवन, सौचालय, पुष्तकालय ल्याब, विज्ञान प्रयोगशालाहरुको निर्माण मर्मतसम्भार थप सामाग्रीको व्यवस्था तथा स्तरउन्नतीको कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । यस्तै स्वास्थ्यअन्र्तगत अस्पतालहरुलाई स्थानिय स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रको रुपमा विकास गरिने, यातायात मदजुहरुलाई लक्षित गरी ‘‘स्वस्थ चालक सुरक्षीत यात्रा’’ कार्यक्रमलाई निरन्तरता दिइने, ‘‘मेयर स्वस्थ मुटु अभियान’’ सञ्चालन गरी नसर्ने रोगहरुको रोकथाम तथा सचेतनालाई विद्यालय स्तरदेखी लागु गरिने, ‘‘स्वस्थ किशोरी स्वस्थ आमा’’ यौन तथा प्रजजनन स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिने र ‘‘अपांग स्रोत केन्द्र’’ स्थापना तथा अपांगता भएका व्यक्तीहरुले प्रयोग गर्ने सहायक सामाग्री वितरण गरी जिवन यापन सहज बनाइने उल्लेख गरिएको छ ।
यसैगरी पर्यटनअन्र्तगत ‘‘घुम्न जाउँ तुलसीपुर’’ कार्यक्रमलाई निरन्तरता दिदै छिल्लीकोट मन्दिर, थर्कोट मन्दिर, चमेरे गुफा, राप्ती शान्ति पार्क, जन्ती ढुंगा, गौरीगाउँ ताल, राधाकृष्ण मन्दिर, सुकौराकोट दरबार क्षेत्रलगाएत पर्यटकिय क्षेत्रको विकास गरी ‘‘एक वडा एक पर्यटकिय स्थल’’को अवधारणलाई अगाडी बढाइने उल्लेख गरिएको छ । यस्तै भौतिक पुर्वाधारअन्र्तगत सडक, पुल निर्माण, आवास, भु–उपयोग, बस्ती विकासलगाएतका कुरा समेटिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा सरसफाई, ‘‘सफा तुलसीपुर सुन्दर तुलसीपुर’’ को लागी पालिकाको सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ ।