एबीसी पदयात्राले उकासेको स्थानीय अर्थतन्त्र

Spread the love

अन्नपूर्ण आधारशिविर पदयात्रामा यो आर्थिक वर्षमा मात्र ४२ हजारभन्दा बढी पर्यटक पुगेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका अनुसार यस क्षेत्रमा १२ हजार ५९० सार्क देशका र ३० हजार ४७ अन्य देशका पर्यटक सहभागी छन्।
बढ्दो पर्यटकीय चाप र वातावरणीय चुनौतीलाई व्यवस्थापन गर्न प्रभावकारी नीति तथा दिगो संरक्षणको आवश्यकता रहेको छ।

अन्नपूर्ण आधारशिविर एबीसी विश्वभरका अधिकांश पदयात्रीको सपनाको शिखर बन्दै गएको छ। हिमालको काखमा बसेर सूर्योदयसँगै अन्नपूर्ण हिमशृङ्खलाको भव्यता नियाल्ने अभिलाषाले हरेक वर्ष हजारौं पर्यटकलाई यहाँ तानिरहेको छ। विदेशी मात्र होइन, अहिले आन्तरिक पर्यटकको समेत रोजाइमा अग्रस्थानमा देखिन्छ एबीसी।

पोखराबाट झिनुडाँडासम्मको जीप यात्रापछि शुरु हुने ट्रेकिङ पदयात्रा मार्फत एबीसी पुग्ने पर्यटकको सङ्ख्या बढ्दो क्रममा देखिन्छ। प्राकृतिक सुन्दरता, सहज पहुँच र विविध संस्कृतिको अनुभव एकै यात्रामा पाउन सकिने भएकाले एबीसी अहिले नेपालको सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तव्यमध्ये एकका रूपमा स्थापित भएको छ।

हालै सार्वजनिक तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये उल्लेख्य हिस्सा पोखरा पुग्ने र त्यहाँबाट एबीसी जस्ता पदयात्रा मार्ग रोज्ने गरेका छन्। समग्रमा नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको चरणमा छ र त्यसको केन्द्रबिन्दुमा एबीसी जस्ता गन्तव्यहरू नै प्रमुख रहेका छन्।

पर्यटक आगमनमा वृद्धि

कोभिड–१९ महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र पुनः लयमा फर्कंदै जाँदा अन्नपूर्ण क्षेत्र पुनः पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। पछिल्ला वर्षहरूमा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ। विशेषगरी वसन्त र शरद याममा होटल तथा लजहरू भरिभराउ हुने गरेका छन्।

पोखराको झिनुडाँडाहुँदै शुरु हुने ‘अन्नपूर्ण बेस क्याम्प ट्रेक’ अहिले नेपाली युवादेखि युरोप, अमेरिका तथा एशियाली देशका पर्यटकसम्मको रोजाइ बन्न पुगेको छ। प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अद्वितीय संयोजनले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटनमा पनि उल्लेख्य वृद्धि भएको छ। यसले ग्रामीण क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउँदै स्थानीय रोजगारी सिर्जना र जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याप का विदुरप्रसाद पोखरेलका अनुसार, यो आर्थिक वर्षमा मात्र ४२ हजार बढीले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका छन्। जसमा सार्क देशहरूबाट १२ हजार ५९० र अन्य देशहरूबाट ३० हजार ४७ रहेका छन्। आन्तरिक पर्यटकहरू पनि यो क्षेत्रमा उत्तिकै पुग्ने गरेका छन्।

सार्क देशहरूमध्ये यो आर्थिक वर्षमा सबैभन्दा धेरै भारतीय पर्यटकको आगमन भएको एक्यापले जनाएको छ। ४,१३० मिटर उचाइमा अवस्थित यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ, जहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिन्छ।

प्राकृतिक सौन्दर्य, विविध भौगोलिक बनावट र सहज पदमार्गका कारण एबीसीले विश्वभरका यात्राप्रेमीलाई आकर्षित गर्दै आएको छ। यस वर्ष पर्यटक थप बढ्ने अपेक्षा गरिए पनि मध्यपूर्वको तनावका कारण तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने उल्लेख्य रूपमा बढ्न नसकेको अनुभव छ।

स्थानीय अर्थतन्त्रमा टेवा

अन्नपूर्ण आधारशिविर पदयात्राले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय टेवा पुर्‍याएको छ। गण्डकी प्रदेश सरकारले समेत अन्नपूर्ण पदमार्गमा आर्थिक गतिविधि बढाउने गरी कार्यक्रमहरू सञ्चालनलाई प्राथमिकतामा राखेको छ। यो पदमार्ग अन्तर्गत पर्ने चोम्रोङ, सिनुवा, बाम्बो, दोभान, देउराली, हिमालय, माछापुच्छ्रे आधारशिविर जस्ता ठाउँहरूमा होटल, रेस्टुरेन्ट, गाइड तथा पोर्टर ९भरिया० सेवा मार्फत धेरै स्थानीय प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध भएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *