एकीकृत समाजवादीमा कुन पदमा क(कसको उम्मेदवारी

ByNews

२०८१ भाद्र ११, मंगलवार ११:३८ २०८१ भाद्र ११, मंगलवार ११:३८ २०८१ भाद्र ११, मंगलवार ११:३८
Spread the love

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा

नेकपा एकीकृत समाजवादी० को पदाधिकारी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ।

एकीकृत समाजवादीमा २१ जना पदाधिकारी रहने व्यवस्था छ।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरेको थियो।

बाँकी पदाधिकारी पछि चयन गरिने भनिएको थियो। १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार दिउँसो निर्वाचन गर्न लागेको हो।

त्यसका लागि उम्मेदवारी दर्ता भइसकेको छ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको प्रतिस्पर्धा हुने भएको छ।

एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य छान्न चुनाव भइरहेको हो।

१८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ।

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।

मधेसी क्लस्टरको उपाध्यक्षमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ। उपाध्यक्ष खुलामा ११ जना प्रत्यासी देखिएका छन्।

जसमा ललितबहादुर बस्नेत क्षेत्री, गंगालाल तुलाधार, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बाँस्कोटाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट, भवानी खड्काले उम्मेदवारी दिएका छन्।

दलिततर्फ क्लष्टर छुट्टयाइएको छ। दलिततर्फ निरादेवी जैरू गणेश विश्वकर्मा र कृष्णबहादुर नेपालीको उम्मेदवारी परेको छ।

आदिवासी जनजातितर्फ बलदेव चौधरी, राजन राई, टोकबहादुर तामाङ वाइवाको उम्मेदवारी परेको छ।

खुलातर्फ श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, धनप्रसाद गौतम, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भूसाल, दिलकुमारी पन्त ९दिलु० नरेशकुमार शाही, सुधिर साह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरू बुर्लाकोटी विदुरप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन्।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *