काठमाडौं पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् । बुधबार गुप्तचर निकायबाट उक्त सूचना पाएको तरारले बताएका हुन् । “भारतले पहलगाम घटनाको झुटो बाहाना बनाएर आउँदो २४ देखि ३६ घण्टाभित्र सैन्य हमला गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी हामीसँग छ,” तरारले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने, “भारतको कुनै पनि आक्रामक कदमलाई निर्णायक प्रतिकार गरिनेछ ।”
हाम्रो टिम
‘तथ्यमा आधारित, सत्यमा अडिग’
सेतो बाघ
मुख्य कार्यालयः
वि.पि. चोक तुलसीपुर–५, दाङ
लुम्बिनी प्रदेश, नेपाल
पशुपति मिडिया प्रा.लि.
प्रबन्धकः शरद रेग्मी
सम्पादकः बिमल गौतम
खेल सम्पादकः लक्ष्मण बस्नेत
मार्केटिङ : प्रिया चौधरी
सूचना विभाग दर्ता नं. ४०५७/२०८०/०८१
सम्पर्क नंः ९८१०७०९३१३
इमेलः setobaagh22@gmail.com
न्याभिगेशन







