ठाउँ ठाउँमा बाढी-पहिरो ४ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Spread the love

काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाका ४ वटा मुख्य राजमार्ग अवरोध भएका छन्।

कोशी राजमार्ग, मेची राजमार्ग, नेपाल चीन नाका जोड्ने पुल र जाजरकोट डोल्पा भेरी कुरिडोल सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी(पहिरोले अवरुद्ध भएका छ वाट राजमार्ग भने एकतर्फी सुचारु भइसकेका छन्। काठमाडौँ(नुवाकोट सडक खण्ड कालिगण्डकी करी डोर, सहिद राजमार्गहरू एकतर्फी सुचारु भएका हुन्। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको बताएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *