काठमाडौ। रिद्धि सिद्धि ज्वेलर्स विशालवजारमा राजश्व अनुसन्धान विभागले अनुगमन गरेको छ । प्रहरी र कर्मचारी सहितको टोलीले ज्वेलर्समा अनुगमन गरेको विभागकी का।मु। महानिर्देशक कृष्णकुमारी श्रेष्ठले बताईन् ।
ज्वेलर्स विरुद्ध उजुरी परेको र सोही आधारमा छानविन गर्नको लागि विभागले आवश्यक कागज पत्र नियन्त्रणमा लिइएको श्रेष्ठको भनाई छ ।
ज्वेलर्सबाट कुनै सुनका गर–गहना नभई विल विजक र कारोवारको कागजपत्र छानविनको दायरामा ल्याईएको र एक हप्ता भित्र अनुसन्धानको जानकारी आउने महानिर्देशक श्रेष्ठले वताईन । के विषयमा उजुरी परेको भन्ने वारेमा अनुसन्धान भईरहेकाले अहिले खोल्न नमिल्ने विभागले जनाएको छ ।
यता रिद्धि सिद्धि ज्वेलर्सका संचालक नरेन्द्रकुमार गुप्ताले भने आफुले आवश्यक विल विजक,कारोवारको कागज पत्र चुस्त राखेकाले गल्ती नगरेको बताए । राजश्वको नियमित अनुगमन कार्यलाई आफुले सकारात्मक रुपमै लिएको गुप्ताको भनाई छ ।








