२ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार

Spread the love

काठमाडौं,१२ कात्तिक । मनाङबाट हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो, खांगसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकामा दुई दिनदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० नागरिकलाई मनाङस्थित नेपाली सेनाले उद्धार गरेको हो ।

नेपाली सेनासहित स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरूको सहकार्यमा सुरक्षित स्थानसम्म पुर्‍याउन सहयोग गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *