निर्वाचन आयोगले मतदान स्थल र केन्द्र तोक्यो

Spread the love


निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

बुधबार आयोगले सातै प्रदेशका लागि मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत मतदाता हुन्छन् ।

लुम्बिनी प्रदेशका लागि दाङको घोराही कर्मचारी मिलन केन्द्रलाई तोकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *