शरद रेग्मी
दाङ, असार २८ । तुलसीपुरका सफल ब्यसायी सन्दिपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र शिक्षक आकाँस सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर बर्ष २०२५ र ०२६ का लागि अध्यक्षमा चयन गरिएका छन् ।
शुक्रबार तुलसीपुरकोमा बेलुकी अवेर आयोजित पदस्थापन कार्यक्रममा रोटरीका यसअघिका अध्यक्ष बिनिल केसीले सन्दिपन रिजाललाई पदहस्तान्तरण गरेका हुन ।
त्यस्तै रोट्रयाक्टका यसअघिका अध्यक्ष किरण पुनले आकाँस सिंहलाई पदहस्तान्तरण गरेका हुन ।

सन्दिपन रिजाललाई रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रममा बिशिष्ट अतिथि प्रेमकुमार शर्माले यसअघिका अध्यक्ष विनिल केसीबाट लिएर पीन र कलर लगाइ बधाइ ज्ञापन गरेका थिए ।
सो अबसरमा प्रमुख अतिथि लुम्बिनि प्रदेशका निबर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरिले रोटरि क्लबले नेपाल लगायत बिश्वभर स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठुलो योगदान पुर्याएको बताउनु भयो ।
उहाले रोटरि क्लबको भवन बनाउन प्रदेश सरकारले रकम बिनियोजन गर्ने समेत आश्वासन दिनु भयो।ूउहाले भन्नु भयो क्लबले जग्गा ब्यबस्थापन गरेको खण्डमा आफुले बजेटको ब्यबस्थापन गर्ने प्रष्ट पार्नु भयो ।

सो अबसरमा निबर्तमान हुनु भएका अध्यक्ष बिनिल केसिले आफ्नो कार्यकाल सफल बनाउन सहयोगी भुमिका खेल्नुहुने शुभेच्छुक शुभेच्छुक ,रोटरियन टिम,पत्रकार,रोट्रयाक्ट र ईन्ट्रयाक्ट टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
रोट्रयाक्टको अध्यक्षमा आकाँस सिंह
यसैबिच रोट्रयाक्ट क्लबको अध्यक्षमा आकाँस सिंह चयन भएका छन ।
सिंहलाई रोटरी क्लब ईन्टरनेशनलका अशिष्टेन गर्भनर तथा सो कार्यक्रमका प्रमुख अतिथि बीरबहादुर रावत बीरुले यसअघिका अध्यक्ष किरण पुनबाट लिएर पीन र कलर लगाउँदै बधाइ र स्वागत गरेका थिए ।

रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रममा बिशिष्ट अतिथि प्रेमकुमार शर्माले तुलसीपुर संगको सहकार्यमा यस क्षेत्रका बिधालयहरुमा कम्प्युटर र व्हील चेयर प्रदान गर्न आफुले केन्द्रमा पहल गर्ने बताउनु भयो ।
उहाले तुलसीपुर सिटिले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
सो अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्ब अध्यक्षहरु बिमल रिजाल,ललितबहादुर घर्ति,प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका,रोटरियन देबेन्द्र केसि,रोट्रयाक्ट क्लबका अध्यक्ष आकाश सिंह लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिय ।
सो अबसरमा स्वास्थ्य शिविर र व्हील चेयर बितरणमा सहकार्य गरेको भन्दै तुलसीपुर सिटि हस्पिटललाई सम्मान गरिएको थियो ।
सो कार्यक्रमको सहजिकरण दिपेश भण्डारि,सचिन पौडेल र सन्दिप भुषालले गरेका थिय ।


प्रमुख अतिथि लुम्बिनि प्रदेशका निबर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरि








