सरकारले सामाजिक सुरक्षा भत्ताको नयाँ कार्यक्रम ल्यायो, पोषणभत्ता दोब्बरले बढायो

Spread the love

काठमाडौ, १५ जेठ । सरकारले आगामी आर्थिकको सामाजिक सुरक्षा भत्ता सम्बन्धी नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर स्वर्णम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै नयाँ आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित बनाउने उद्देश्यले सक्नेले त्यागौँ, नसक्नेलाई जोडौँ भन्ने नितिलाई अघि सारेको बतानुभयो । उहाले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने योजना रहेको बताउनुभयो ।

आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न सक्नेले छोडौँ ,नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बताउनुभयो । यस्तै सरकारले बाल पोषण भत्ता दोब्बरले बढाएको छ । सरकारले दलित समुदायका पाँच बर्ष मुनिका र उच्च गरिबी तथा मानवीय सूचकांकमा पछि परेका २५ जिल्लाका बालबालिकालाई मासिक ५०० रुपैयाँ दिँदै आएको रकमलाई दोब्बरले बढाएको छ । आगामी वर्ष देखी ती लक्षित समुदायका बालबालिकाले मासीक एक हजार रुपैयाँ पाउने भएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *