सामान्य बढेर आयोकाठमाडौं महानगरको नयाँ बजेट

Spread the love

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट खर्च विनियोजनको तुलनामा आधामात्र भएको देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ मा नगरसभाले पारित गरेको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेटमध्ये २५ असारसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजारमात्र खर्च हुन सकेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

तर, आगामी आर्थिक वर्षका लागि यो वर्षको खर्चको दोब्बर रकम अर्थात् २५ अर्ब ७६ करोडको बजेट महानगरले ल्याएको छ ।

आइतबार आगामी आव २०८२र८३ को बजेट नगरसभामा प्रस्तुत गर्दै उनले २५ असारसम्म विनियोजनको ५२।१३ प्रतिशतमात्र खर्च भएको जानकारी दिइन् । यस वर्ष पूँजीगत बजेट ५० प्रतिशतभन्दा पनि कम खर्च भएको छ । चालु बजेट ६३।४२ प्रतिशत खर्च भएको छ ।

महानगरले पूँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख विनियोजन गरेको थियो । यसमध्ये २५ असारसम्म ६ अर्ब ७३ करोड ७४ लाखमात्र खर्च हुन सकेको छ । जुन लक्ष्यको ४४।७२ प्रतिशत हो ।

चालु खर्चतर्फ महानगरले ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन गरेकोमा २५ असारसम्म ६ अर्ब २२ करोड ९९ लाख ८० हजार खर्च भएको छ । जुन कुल बजेटको ६३।४२ प्रतिशत हो ।

आवको पछिल्लो ६ महिना काठमाडौं महानगरपालिका कर्मचारी र जनप्रतिनिधि प्रमुखबीचको आन्तरिक किचलोमा फस्यो । त्यसको प्रत्यक्ष असर बजेट कार्यान्वयनमा देखिएको छ ।

त्यसो त महानगरले आव २०८०र८१ मा समेत विनियोजनको ५१।०३ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको थियो । त्यसबेला २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार बराबर बजेट ल्याएकोमा खर्च भने १२ अर्ब ३४ करोड ५३ लाख १२ हजार गर्न सकेको तथ्यांक छ ।

उक्त आवमा कुल ४ हजार २ सय ९९ योजनारकार्यक्रममध्ये ९ सय ८८ योजना तथा कार्यक्रममा शून्य प्रगति भएको महालेखा परीक्षकको तथ्यांकले देखाएको छ ।

क्षेत्रगत हेर्दा पनि चालु आव महानगरको बजेट खर्च सबै क्षेत्रमा विनियोजनको तुलनामा दयनीय देखिन्छ । उप्रमुख डंगोलका अनुसार आर्थिक विकास क्षेत्रतर्फ कुल ७४ करोड ३९ लाख ८१ हजार विनियोजन भएकोमा ३७।६९ प्रतिशतमात्र खर्च भएको छ ।

सामाजिक क्षेत्रतर्फ कुल विनियोजन ५ अर्ब ४२ करोड ३० लाख ४८ हजार भएकोमा ४७।९२ प्रतिशतमात्र खर्च देखिन्छ ।

पूर्वाधारमा ११ अर्ब ३९ करोड ३९ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएकोमा ५२।५२ प्रतिशतमात्र खर्च भएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ अर्ब २४ करोड ५२ लाख ५१ हजार विनियोजन भएकोमा २८।८ प्रतिशत रकम खर्च भएको छ ।

त्यस्तै कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रमा ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ विनियोजन भएकोमा ७७।०२ प्रतिशतमात्र खर्च भएको छ ।

लक्ष्यभन्दा धेरै टाढा राजस्व संकलन

उता, राजस्व संकलनमा समेत महानगर लक्ष्यभन्दा धेरै टाढा रहेको देखिन्छ । महानगरले चालु आव आन्तरिक राजस्वमात्र ८ अर्ब ३ करोड ५७ लाख उठाउने लक्ष्य राखेको थियो । २५ असारसम्म ५ अर्ब ४९ करोड ८८ लाखमात्र संकलन भएको तथ्यांक महानगरको नगरसभामा प्रस्तुत गरिएको छ ।

प्रदेश र संघबाट राजस्व बाँडफाँटबाट आउने रकमसहित यस वर्ष कुल १२ अर्ब ९० करोड राजस्व आम्दानी हुने अनुमान गरिएकोमा वर्षान्तको अन्त्यसम्म मात्र १० अर्ब ९ करोड ८५ लाख उठेको छ ।

जुन लक्ष्यको ७८।२४ प्रतिशतमात्र राजस्व आम्दानी भएको छ । आन्तरिक अनुदान ९समानीकरण र ससर्त० भने लक्ष्यको ९८।४६ प्रतिशत प्राप्त भएको तथ्यांक छ ।

सामान्य बढेर आयो नयाँ बजेट

आगामी आव २०८२र८३ सुरु हुन ४ दिन बाँकी रहँदा महानगरले आगामी आवको बजेट सार्वजनिक गरेको छ । महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

यसमध्ये २५ अर्ब ११ करोड ४३ लाख सञ्चित कोषमा व्ययभार पर्ने र वाह्य व्ययभार हुने ६५ करोड सहित नयाँ बजेट सार्वजनिक गरेको उपप्रमुख डंगोलले जानकारी दिइन् । यो बजेट ३२ असारका दिन पारित गर्ने योजना छ । १ साउनदेखि नयाँ बजेट कार्यान्वयनमा जान्छ ।

आगामी आवका लागि महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड स्रोत जोहो हुने र विभिन्न प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख स्रोत जुट्ने अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

सामाजिक विकासमा २० प्रतिशत ९५ अर्ब २ करोड २८ लाख०, पूर्वाधार विकासमा ५१ प्रतिशत ९१२ अर्ब ८० करोड ८३ लाख० र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १२ प्रतिशत ९३ अर्ब १ करोड ३७ लाख० विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख राखिएको छ ।

आगामी आव काठमाडौं महानगर क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखिएकोे डंगोलले बताइन् । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रम समेत महानगरको प्राथामिकतामा छन् ।

काठमाडौं महानगर क्षेत्रभित्र ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायात व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहास् वही, ननी लगायत सम्पदास्थल संरक्षण र प्रवर्द्धनमा समेत बजेट राखिएको छ ।

नीति तथा कार्यक्रम कस्तो

आइतबार नै नगरसभामा मेयर बालेन्द्र ९बालेन० साहले काठमाडौं महानगरपालिकाको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा र सहरी सभ्यताको त्रिवेणीबाट आगामी आवको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए ।

परिवर्तित परिवेश र काठमाडौंवासीको उत्कृष्ट चाहना सम्बोधन गर्ने लक्ष्य राखी तयार गरिएको समेत उल्लेख गरे । काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरमा रूपान्तरण गरिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *