हेमराज’ धिताल हत्याको १५ बर्ष
तुलसीपुर,५ साउन,संचारउद्यमी देबि प्रसाद धिताल हेमराजको १५ औं स्मृति दिवसका सन्दर्भमा सोमबार तुलसीपुरमा बिबिध कार्यक्रम गरिएको छ । २०६७ साल साउन ६ गते तुलसीपुर अमिलया सडक खण्डको हेमनगर भन्ने स्थानमा एक समुहले धिताललाई गोलि प्रहार गरि हत्या गरेको थियो । हत्या भएको १५ बर्ष पुगेको छ तर हत्यामा संलग्न भएका ब्यक्तिहरुको अझै पनि पहिचान हुन सकेको छैन । हत्याराहरुको पहिचान हुन नसक्नु,उहाँको हत्या किन गरियो भन्ने कुरा रहस्यमय बन्दै गएको छ । साउनको महिना अपरान्ह् पौन ६ बजेतिर उज्यालो,ब्यस्त सडकमा गोली प्रहार गर्दै हत्या हुन र खुल्लेयाम हत्याराहरु सुरक्षित हिसावले भाग्नुले पनि आम नागरिकहरुले चासोसाथ यो घटनालाई हेरीरहेका छन् भने घटना किन र कसले घटाएको हो भन्ने सुन्न र थाह पाउन पखाईमा रहेका देविप्रसाद धिताल हेमराज प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरीयाले बताउनुभयो ।
प्रतिष्ठानले सोमबार त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा।लि।को प्राङगणमा स्मृति सभाको आयोजना समेत गरेको छ । स्मृति सभामा बोल्दै अध्यक्ष रजौरीयाले १५ बर्ष सम्म घटनाको रहस्य नखुल्न आश्चर्य रहेको बताउनुभयो । मानवअधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले अनुसन्धानको जिम्मेवारी पाएका अधिकारीहरुले अपराधिको नजिकै पुगेका छौ भन्ने आश्वासन पूर्ण शब्द पनि सुन्न छाडेको धेरै बर्ष बिति सकेको बताउनुभयो ।

राप्ती त्रिशिद्धेश्वरी यातायात प्रा।लि।का अध्यक्ष सुरेश हमालले स्वर्गीय धितालले नेतृत्व गरेका अधिकासं संघसंस्थाले संस्थागत तथा संरचनागत सफलता हासील गरेको भन्दै उहाँको प्रशंसा गर्नुभयो ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा।लि।को प्राङगणमा स्थापना गरिएको स्वर्गीय धितालको अर्धकद शालिकमा माल्यार्पण गरिएको थियो । स्वर्गीय धितालकी आमा,श्रीमति,भाई लगायतले माध्यापर्ण गर्नुभएको थियो । त्यसपछि तुलसीपुर स्थीत मानव सेवा आश्रममा आश्रीतहरुलाई बिहानको भोजन कार्यक्रम गरिएको स्वर्गीय धितालका भाई पुष्कर धितालले जानकारी दिनुभयो ।

यसअघि साउन २ गते पुष्कर धिताल,रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी र पत्रकार गणेश आचार्यले गृहमन्त्री रमेश लेखकलाई भेटगरि स्वर्गीय धिताल हत्याकाण्डको छानविनलाई तिब्रता दिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको पत्रकार शरद रेग्मीले जानकारी दिनुभयो ।









