इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प

Spread the love

एजेन्सी । पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प गएपनि सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएस ले बताएको छ । भूकम्प पश्चिमी इन्डोनेसियाको समय ९०५स्४९ जिएमटी दिउँसो १२स्४९ बजे आएको थियो र यसको केन्द्र पूर्वी मालुकु प्रान्तको टुअल शहरबाट करिब एक सय ७७ किलोमिटर पश्चिममा ६६ किलोमिटर ९४० माइल गहिराइमा रहेको युएसजिएसले जनाएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको कुनै खतरा नभएको र इन्डोनेसियाको जियोफिजिक्स एजेन्सीले सामाजिक सञ्जाल पोस्टमा भूकम्पले ‘सुनामी निम्त्याउने सम्भावना नभएको’ बताएको छ । यो विशाल द्वीपसमूह राष्ट्रले प्रशान्त ‘रिङ अफ फायर’ मा आफ्नो स्थितिको कारणले गर्दा बारम्बार भूकम्पको अनुभव गर्छ ।

रिङ अफ फायर तीव्र भूकम्पीय गतिविधिको एक चाप हो जहाँ टेक्टोनिक प्लेटहरू टकराइरहन्छन् । यो जापानदेखि दक्षिणपूर्व एसिया हुँदै प्रशान्त बेसिनसम्म फैलिएको छ । जनवरी २०२१ मा सुलावेसीमा आएको ६।२ म्याग्निच्युडको भूकम्पले एक सयभन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।

सन् २०१८ मा सुलावेसीको पालुमा ७।५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो । सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९।१ म्याग्निच्युडको भूकम्प आएपछि एक लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *