काठमाडौं इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इजरायल विरुद्धको सैन्य कारबाही रोकिने संकेत गरेका छन्। उनले स्थानीय समय अनुसार बिहान ४ बजेसम्म निरन्तर चलेको जनाउँदै सम्भावित रूपमा अब द्वन्द्व अन्त्य भएको संकेत गरेका हुन्।
‘हाम्रो शक्तिशाली सशस्त्र बलहरूले इजरायलको आक्रमणको प्रतिशोधस्वरूप बिहान ४ बजेसम्म, अन्तिम मिनेटसम्म सैन्य कारबाही जारी राखे,’ उनले भने।
अराघ्चीले यसअघि इजरायलले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आक्रमण रोकेको खण्डमा इरानले पनि जवाफी कारबाही रोक्नेछ। तेहरानको समय इजरायलभन्दा ३० मिनेटले छिटो छ। र यो पछिल्लो पोस्ट इजरायलमा बिहान ४ बजेपछिको समयमा सार्वजनिक गरिएको हो।
अराघ्चीले भने, ‘म सम्पूर्ण इरानी जनतासँगै हाम्रा वीर सशस्त्र बलप्रति आभार प्रकट गर्छु। जसले देशको रक्षाका लागि अन्तिम रगतको थोपा झर्ने बेला पनि तयार रहेर अन्तिम क्षणसम्म शत्रुको आक्रमणको जवाफ दिए।’ यो वक्तव्यले इरान/इजरायलबीचको तनाव केही समयका लागि शान्त भएको संकेत गरेको छ।