एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर संकलन

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख भन्दा बढि हस्ताक्षर संकलन भएको छ। लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार एक महिनाको अवधिमा रविको पक्षमा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने मध्ये मधेश प्रदेश बाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । अहिले सम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका हुन।

अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको न्यौपानेले बताए। रास्वपा आफ्नो सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको थियो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *