काठममाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको लु।प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार उक्त घटनामा तीन जनको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।








