३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने मत बलियो देखिएको छ ।
शुक्रबारको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । बिहीबारको बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यहरू पनि नियमितकै पक्षमा थिए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबारको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै तत्काल महाधिवेशनमा जानुपर्नेमा जोड दिए । उनले कुनै पनि बहानामा मिति सार्न नमिल्ने जिकिर गरे ।
‘अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशनको म्याद थप्ने विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने भएकाले त्यसतर्फ सोच्नु हुँदैन,’ उनले ११औँ महाधिवेशन ६० दिनमा सम्पन्न भएको स्मरण गराउँदै भने, ‘यो अवस्थामा सजिलै महाधिवेशन गर्न सकिन्छ ।’
नेता पौडेलले जेनजी विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने बताए ।
‘यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ,’ पौडेलले भने, ‘नवयुवाको प्रवेश बढ्नेछ । यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ ।’
केन्द्रीय सदस्य डा। डिला संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखिसकेकाले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।
‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाइसक्नुभएको छ । उहाँहरूको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंसिर महिनाभित्रै नियमित १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ,’ उनले भनिन् ।
महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेका उपलब्धिहरूसँगै कमी(कमजोरीबारे व्यापक समीक्षा गरिनुपर्ने नेतृ संग्रौलाको भनाइ थियो ।
अर्का केन्द्रीय सदस्य जीपछिरिङ लामाले मंसिर मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले मंसिरमा सम्भव नभए पुस १५ भित्र सम्पन्न हुनेगरी कार्यतालिका ल्याइनुपर्ने बताए ।
‘विशेष महाधिवेशनले पार्टीमा फुट ल्याउन सक्नेतर्फ सचेत हुनु जरुरी छ । नियमिततर्फ नै जानुपर्छ,’ लामाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सकेसम्म समयमै गरौँ । हाम्रो समय भनेको मंसिर मसान्त हो । नभए पुस १५ भित्र गर्ने गरी अघि बढौँ ।’
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकिसकेको अवस्थामा महाधिवेशन गर्ने सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यसमितिमा रहेका सबैको जिम्मेवारी भएको उनले बताए ।
‘सभापतिले कार्यवाहक दिइसकेपछि अब के गर्ने, कसरी गर्ने हाम्रो जिम्मेवारी हो,’ लामाले भने, ‘महामन्त्रीहरू पनि लचिलो हुनुपर्छ । विशेष भनेर हुँदैन । पार्टीलाई बलियो बनाउन सबै एकढिक्का हुन जरुरी छ ।’
बैठकलाई आमन्त्रित सदस्यका रूपमा सम्बोधन गरेका विभिन्न प्रदेशका सभापतिहरूले जेनजी आन्दोलनका मागहरू सम्बोधन हुनेगरी पार्टीमा युवापुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका नेताहरूको भनाइ छ ।
शुक्रबारको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा ९कोशी०, शुक्रराज शर्मा ९गण्डकी०, ललितजंग शाही ९कर्णाली० र वीरबहादुर बलायर ९सुदूरपश्चिम० ले आ(आफ्नो धारणा राखेका थिए ।
धारणा राख्ने क्रममा गण्डकी सभापति शर्माले २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनपछि सार्नुपर्ने विषयको उठान गरेका थिए । सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको दाबी थियो ।








