काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण, तीन जना पक्राउ

Spread the love

काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका १२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

एसपी रामेश्वर कार्कीका अनुसार बोहरा जडिबुटी व्यापारी हुन् ?

बोहरालाई अपहराण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको र कुटपिट समेत गरेको प्रहरीले जनाएको छ।

यसरी बन्धक बनाएको आरोपमा प्रहरीले सोही होटलका सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

होटलका सञ्चालक कास्कीका शिवबहादुर घर्ती, सुर्खेत घर भई कलंकी बस्ने फपेन्द्र न्यौपाने र जुम्लाका धनराज बस्नेत पक्राउ परेका हुन्। फपेन्द्र टेकुस्थित अस्पतालका स्वास्थ्य सहायक समेत हुन्।

उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लेनदेनको विषयमा अपहरण गरी कुटपिट गरेको एसपी कार्कीले जानकारी दिए।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *