किसान ठग्दै तुलसीपुरको निश्चल एग्रोभेट

Spread the love

चेतन ओली,१३ श्रावन । दाङको तुलसीपुरमा रहेको निश्चल एग्रोभेटले किसानलाई ठगि गर्दै आएको पाइएको छ । विशेषगरी तरकारीमा प्रयोग गरिने महंगो मुल्य पर्ने नेटिभो नामक विषादीको म्याद सकिएको ४ महिना भएपनी निश्चल एग्रोभेटले किसानलाई झुक्याएर बिक्री गरिरहेको पाइएको हो । १ सय ग्रामको उक्त विषादीको मुल्य १९ सय रुपैयाँ पर्ने गर्छ । २०२३ मार्च २९ मा उत्पादन भएको उक्त विषादीको प्रयोग गर्ने अन्तिम म्याद २०२५ मार्च २८ मा सकिएको छ । तर, तुलसीपुरको बाहिनि चोकमा रहेको निश्चल एग्रोभेटले अहिले जुलाई अन्तिमसम्म पनी खुलमखुल्ला रुपमा यो विषादी बिक्री गरिरहेको छ । ‘मैले तुलसीपुरको निश्चल एग्रोभेटबाट केहीदिन अघि दुईवटा १००र१०० ग्रामका नेटिभो नामको विषादी लिएको थिए । रोल्पाका एकजना कृषकले फोन सम्पर्कमा तुलसीपुर खबरसँग भन्नुभयो ।,’– घरमा ल्याएर तरकारीमा छर्कने बेलामा राम्रोसँग हेर्दा म्याद सकिएको थाहा भयो । अब प्रयोग गरौं कि नगरौं म अन्योलमा परे । प्रयोग नगरौं त महंगो पैसा तिरिएको छ । प्रयोग गरौं भने काम गर्दैन की भन्ने चिन्ता लागिरहेको छ ।’

पसलमा गुनासो गर्न तुलसीपुरसम्म आउनुपर्ने हुदा धेरै समय र पैसा खर्च हुने भएकाले आफु समस्यामा परेको उहाँले बताउनुभयो । यसरी निश्चल एग्रोभेटले किसानहरुलाई ठगिरहेको गुनासो प्राप्त भएपछी तुलसीपुर खबरको टिम ग्राहक बनेर आज मंगलबार निश्चल एग्रोभेटमा पुगेको थियो । सो क्रममा नेटिभो नामक विषादी माग गर्दा म्याद सकिएको विषादी बिक्री गर्न खोजेपछी निश्चल एग्रोभेटले किसानलाई ठगिरहेको कुरा पुष्टी भएको हो । त्यसपछी सबै जाँच गर्दा झण्डै २१ हजार बराबरको म्याद सकिएको विषादी फेला परेको छ भने अरु जबरजस्ती सञ्चालकले लुकाइएका छन् । निश्चल एग्रोभेटका सञ्चालक भुवन खत्रीले भुलभस गल्ति भएको भन्दै अबदेखी यस्ता सामाग्री नबेच्ने बताउनुभयो ।

यता कृषी ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले भने म्याद सकिएका विषादीलगाएतका कुनैपनी सामाग्री बिक्री गर्नु कानुन विपिरित भएको बताउनुभएको छ । अब तत्काल यसको अनुगमण गरि एग्रोभटहरुले त्यसरी बिक्री गरिरहेको पाइएमा जफत गरिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *