कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

Spread the love

कलैया, १२ साउन। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही लाई अमेरिकाको न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।

प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले आयोजना गरेको एक विशेष समारोहमा घिसिङ र शाहीलाई अवार्ड प्रदान गरेको हो। राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप शाही र घिसिङलाई सम्मान प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गर्दै सांसद शाहीले भने,”ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।”

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *