गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय

Spread the love

दाङ, चैत ८ । नेपाली कांग्रेस सभापति गगन थापाले पदबाट दिएको राजीनामा आइतबारको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गर्ने निर्णय गरेको छ।

सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन पछि सभापति थापाले बुधबार पदबाट राजीनामा दिएका थिए ।
निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै थापाले राजीनामा दिएका थिए ।
उपसभापति विश्वप्रकाश शर्मा समक्ष सभापति थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पेश गर्दा अस्वीकृत गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

काँग्रेसको बैठकले निर्वाचनमा भोग्नु परेको पराजयको कारण संरचनागत समस्या र नियन्त्रण बाहिरका परिस्थिति भएको निष्कर्ष निकालेको छ ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बनेका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *