गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन्।

महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस भएको हो।

गगन थापा, लुम्बिनी सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको हो।

कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले महामन्त्री थापाको नाम पनि रोल्पाबाट उम्मेदवारका रूपमा सिफारिस आएको सेतोपाटीलाई बताए।

महामन्त्री थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै आएका छन्। उनले हालै पनि फागुन २१ को चुनावमा काठमाडौं ४ बाट नै उम्मेदवार हुने बताएका थिए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *