काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा।विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरणमा अनुसार गभर्नर पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिराको गहना रहेको छ ।
त्यस्तै उनीसँग विभिन्न कम्पनीको शेयर रहेको छ । पौडेलसँग भएको शेयरको मूल्य आजको दिनमा १४ करोडभन्दा बढी हुन आउँछ । उनीसँग सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावरलगायतको शेयर रहेको छ ।
साथै, उनले सम्पत्ति विवरणमा श्रीमती प्रतिभा शर्माको नामा रहेको सुजुकी कार, डेढ करोड मूल्य बराबरको नवलपरासी र ललितपुरमा रहेको जग्गा, विभिन्न बैंकमा रहेको बचतसमेत सार्वजनिक गरेका छन् ।