गृहमन्त्रीले भने आपराधिहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए

Spread the love

काठमाडौँ, ३१ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताउनुभएको छ । ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाएको बताउनुभएको हो ।

जेनजी प्रदर्शन अपेक्षा गरिएकाभन्दा फरक बन्न पुगेको मन्त्री अर्यालको भनाइ छ । अभावमा रहेको प्रहरीलाई जेनजी प्रदर्शनमा भएको आक्रमणले थप प्रभाव पारेको अर्यालले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *