ओमप्रकाश अर्याल
माननीय गृह मन्त्री
रामेश्वर दंगाल
गृह सचिव
आनन्द काफ्ले
सह सचिव सुरक्षा तथा समन्वय महाशाखा
रविन्द्र आचार्य
सूचना अधिकारी तथा सहायक प्रवक्ता
परिचय
कुनैपनी देशको नागरिकहरूको सुरक्षा कायम गर्नु गराउनु गृह मन्त्रालयको पहिलो कर्तव्य हो। देश र समाजमा हुने विभिन्न अपराधीक कार्यहरूको नियन्त्रण गरी जनताहरूमा शान्तिको प्रत्याभूति दिने कर्तव्य पनि गृह मन्त्रालयकै हुन्छ। गृह मन्त्रालयको काम गर्ने मन्त्रीलाई गृहमन्त्री भनिन्छ। नेपालमा कुनैपनी मन्त्रालयलाई नतोकिएको काम पनि गृह मन्त्रालयले नै सम्हाल्ने प्रावधान छ।
दृष्टिकोण
नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण हो।
लक्ष्य
जनताको माग र आधारभूत आवश्यकता अनुरूप गृह प्रशासनलाई सञ्चालन गरी देशमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु गृह प्रशासनको लक्ष्य रहेको छ।
उद्देश्य
शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह मन्त्रालयको मूलभूत उद्देश्य हो। मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य उद्देश्य हो। गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न गृह मन्त्रालय मातहत क्षेत्रीय प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभाग, प्रहरी कितावखाना, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय तथा सुरक्षा निकायका रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरू केन्द्र देखि स्थानीय तहसम्म क्रियाशील रहेका छन्।
सेवाहरू
गृह मन्त्रालयबाट सम्पादन गरीने कार्यहरु
नेपाल सरकार कार्य(विभाजननियमावली, २०७४ अनुसार
१। आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्वन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमनस
२। विशिष्ट व्यक्ति, महत्वपूर्ण स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्वन्धी सूचना सङ्कलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा प्रवन्धस
३। संघ र प्रदेशसम्बन्धी कानून, सुपरीवेक्षण र समन्वयस
४। अपराध रोकथाम तथा नियन्त्रणसम्वन्धी नीति, कानून, मापदण्ड र नियमनस
५। अपराध अनुसन्धान र अपराध अनुसन्धानको अभिलेखस
६। अपराध नियन्त्रणसम्वन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय समन्वय तथा सहयोगस
७। सुपुर्दगीसम्बन्धी कानून, सन्धि, सम्झौता र कार्यान्वयनस
८। नागरिकतासम्वन्धी नीति, कानून, कार्यान्वयन र नियमनस
९। पारिवारिक मामिला ९विवाह, सम्पत्ति हस्तान्तरण, सम्वन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार० सम्वन्धी कानूनस
१०। उमेर, नाम र जात सच्याउने सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वय र नियमनस
११। हातहतियार, खरखजाना तथा बिस्फोटक पदार्थको प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण नियमनस
१२। यातना पिडितसम्वन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमनस
१३। निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापनसम्वन्धी नीति, कानून र मापदण्डस
१४। अभियुक्त, थुनुवा र कैदी अन्तरप्रदेश स्थानान्तरणसम्बन्धीस
१५। शरणार्थी मामिलासम्वन्धी नीति, कानून र व्यवस्थापनस
१६। सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति, अधिग्रहण र मुआब्जा सम्वन्धी नीति, कानून, मापदण्ड र नियमनस
१७। चिठ्ठा तथा जुवा नियन्त्रणसम्वन्धी नीति, कानून, मापदण्ड र नियमनस
१८। विपद् व्यवस्थापनसम्वन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
१९। राष्ट्रिय विपद् कोष स्थापना सञ्चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वयस
२०। सजाय, माफी, मुल्तबी र परिवर्तनस
२१। निर्वाचन तथा जनमत सङ्ग्रहस
२२। सार्वजनिक विदा, उत्सव, उर्दी आदिको व्यवस्थापनस
२३। इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसँगको सम्पर्क र समन्वयस
२४। मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन स
२५। अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग र समन्वयस
२६। अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा, सीमा प्रशासन तथा अन्तर्राष्ट्रिय सिमानाको सुरक्षास
२७। सशस्त्र विद्रोह, आर्थिक तथा सङ्गठित अपराध, आतङ्ककारी क्रियाकलाप एवं अवैध संघसंस्थाहरुको गतिविधि नियन्त्रण र वारुदी सुरुङ्गको निवारणस
२८। सार्वजनिक चासो र महत्त्वका सूचना संङ्कलन, आदानप्रदान, विश्लेषण, उपयोग र संरक्षणस
२९। राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्वन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
३०। विदेशी नागरिकको प्रवेश, उपस्थिति, गतिविधि तथा प्रस्थानको व्यवस्थापन, नियमन, नियन्त्रण र अभिलेखीकरणस
३१। अध्यागमनस
३२। अत्यावश्यक वस्तु वा सेवाको आपूर्ति समन्वयस
३३। उपाधि, सम्मान तथा विभूषण र सुशोभनस
३४। द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरुको राहत तथा पुनर्स्थापनास
३५। आर्थिक सहायतास
३६। लागू औषध नियन्त्रणस
३७। धार्मिक विषय, तीर्थस्थान र तीर्थयात्रीस
३८। कल्याणधन र बेवारिसी धनस
३९। सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराधको नियन्त्रणस
४०। सार्वजनिक चन्दा सङ्कलन नियमन र नियन्त्रणस
४१। गृह प्रशासन ९कारागार, शान्ति सुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत० विषयक राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय र सम्पर्कस
४२। निर्वाचन आयोगस
४३। नेपाल पहरीस
४४। सशस्त्र प्रहरी बल, नेपालस
४५। प्रहरी कल्याणस
४६। प्रहरी कितावखानास
४७। सार्वजनिक बिषयसँग सम्बन्धित विवाद, घटनाको जाँचबुझ र अनुसन्धानस
४८। सवारी नियन्त्रण तथा सरकारी सवारी साधनको व्यवस्थापन र समन्वयस
४९। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वयस
५०। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमनस
५१। अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय।








