दाङ,लमही सडकखण्डमा दुई पाङ्ग्रे सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमन चार दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार साउन २१ गते विहान ७ बजेदेखि २४ गते विहान ७ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

सडक मर्मत तथा स्तरोन्नतिको काम सहज बनाउन तथा दुर्घटना जोखिम कम गर्न यस्तो निर्णय गरिएको हो। यस अवधिमा यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।








