अस्मिता चौधरी भन्छिन्, “छात्रवृत्तिले मेरो सपना मर्नबाट बचायो ।”
जयन्ती चौधरी,दाङ,“विज्ञान पढ्न पाउने थाहा पाएपछि म निकै उत्साहित भएँ,” अस्मिता चौधरी भन्छिन्, “छात्रवृत्तिले मेरो सपना मर्नबाट बचायो ।”
अस्मिता चौधरी, घोराहीस्थित पद्योदय पब्लिक नमुना माविमा कक्षा ११ र १२ अध्ययन गरेकी हुन्। उनको सपना डाक्टर बन्ने थियो । तर आर्थिक अभावले त्यो सपना केवल कल्पनामा सीमित हुने अवस्था थियो । विज्ञान विषय अध्ययन गर्न महँगो पर्ने भएकाले उनले प्रारम्भमा आफ्नो सपना त्याग्नै पर्ने अवस्था आएको थियो ।
तर एक दिन उनले लुम्बिनी प्रदेश सरकारले विज्ञान विषयमा अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिन्छ भन्ने सूचना देखिन् । त्यसपछि उनले आफ्नो दविएको सपना पुनः जागृत गरिन् र विज्ञान पढ्ने निर्णय गरिन् । प्रदेश सरकारले दिएको थोरै रकमले पनि मलाई ठूलो राहत दिएको छू, अस्मिता भन्छिन्, “तर एमबिबिएस पढ्ने मेरो सपना अझै अधुरो छ । सरकारबाट एमबिबिएस र बीएससी नर्सिङ पढ्नेलाई समेत छात्रवृत्ति सुविधा भए भने हामी जस्ता विद्यार्थीलाई ठूलो राहत पुग्थ्यो ।”
दंगीशरण गाउँपालिका–२ की जमुना पुन पनि यस्तै पृष्ठभूमिबाट आउँछिन् । उनी हाल तुलसीपुरको महेन्द्र माविमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत छिन् । जमुनाको सपना स्ताफ नर्स बन्ने हो । उनको संघर्ष पनि प्रेरणादायी छ ।
ूहाम्रो घर पातेटाकुरा गाउँमा पर्छ । म दैनिक बिहानै उठेर बजारसम्म पुग्छु र स्कुल जान्छु,ू उनी भन्छिन्, ूहामीसँग बजारमा बस्ने आर्थिक हैसियत छैन । तर जब मैले छात्रवृत्तिको खबर पाएँ, मैले पढ्न हिम्मत जुटाएँ ।ू
जमुनाको माग छ–छात्रवृत्तिको रकम अझै वृद्धि गरिनुपर्छ । अहिले दिइने वार्षिक रु। ६ हजार ५ सय २१ रुपैँया ०३ पैसाको रकम उनीजस्ता विद्यार्थीका लागि प्रयाप्त छैन । “पढाइ मात्र होइन, यातायात, पुस्तक, प्रयोगशाला खर्च, सबैकुरा जोड्दा यो रकम निकै थोरै हो,” उनी भन्छिन् ।
लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम सामाजिक न्याय, लैङ्गिक समानता, शिक्षामा पहुँच विस्तार तथा विज्ञान र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि एक सकारात्मक पहल हो ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलका अनुसार, यो कार्यक्रम डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्ने सपना बोकेका तर आर्थिक अभावमा परेका छोरीहरूका लागि तयार गरिएको हो ।
यस कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत छात्रा तथा स्नातक तह ९बीएससी० मा विज्ञान पढ्न चाहने छात्राहरुका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ । छात्रवृत्ति सामुदायिक तथा आङिक क्याम्पसमार्फत प्रदान गरिन्छ ।
छात्रवृत्ति प्राप्त गर्ने छात्राहरूको खातामा रकम प्रत्यक्ष पठाइन्छ । यसले पारदर्शिता, पहुँच र सहजता वृद्धि गरेको देखिन्छ ।
गत आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामा ३ हजार ६७ जना छात्राले यो छात्रवृत्तिबाट लाभ उठाएका छन् ।
दाङ जिल्लाका १० वटा विद्यालयमा अध्ययनरत ६०८ जना छात्रा लाभान्वित भएका छन् । जिल्लामा छात्रवृत्ति प्राप्त गर्ने विद्यालयहरुमा पद्योदय पब्लिक नमुना मावि घोराहीका २५७ जना, गुरु जजुर मावि तुलसीपुरका ११२ जना, माध्यामिक विद्यालय अश्वारा तुलसीपुरका ३३ जना, सिद्ध रत्ननाथ मावि घोराहीका ८४ जना, आदर्श नमुना मावि लमहीका ३१ जना, महेन्द्र मावि तुलसीपुरका १६ जना, मावि तुलसीपुर सेन्टरका १८ जना, मावि रझेना घोराहीका २९ जना, विरेन्द्र मावि दंगीशरणका ११ जना र सरस्वती मावि विद्यानगर गढवाका १७ जना छात्राहरु अध्ययनरत छन् ।

यी विद्यालयहरूमा अध्ययनरत छात्राहरू विज्ञान संकायमा अध्ययन गर्दै छन् र प्रदेश सरकारको छात्रवृत्तिबाट लाभ लिइरहेका छन् ।
आर्थिक वर्ष २०८१र०८२ मा लुम्बिनी प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो । यो रकम मुक्त कमैया, कम्लहरी, मुस्लिम, दलित र सिमान्तकृत वर्गका सबै छात्राहरुलाई लक्षित गरी छुट्याइएको हो।०
यस वर्ष ९२०८२र०८३० मा भने ४ करोड रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन गरिएको छ ।
निमित्त महानिर्देशक पोख्रेल भन्छन्, “हामीले यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाइरहेका छौं । आगामी वर्षहरूमा आवश्यक भए बजेट पनि वृद्धि गर्नेछौ ं।”
यो कार्यक्रम लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा, आर्थिक वर्ष २०७५र०७६ मा सुरु गरिएको थियो । प्रारम्भदेखि नै यसले प्रभावकारिता देखाएको छ । हालसम्म यो कार्यक्रम निरन्तरतापूर्वक सञ्चालनमा छ ।
यस कार्यक्रमले जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ । शिक्षामा पहुँच बढ्नु, लैङ्गिक असमानता कम हुनु र विज्ञानजस्ता प्रविधि–मुखी विषयमा छात्राहरूको आकर्षण बढ्नु यसको प्रत्यक्ष नतिजा हो ।
छात्रा तथा अभिभावकहरूबाट उठेका प्रमुख मागहरूमध्ये एउटा प्रमुख माग छात्रवृत्ति रकम वृद्धि गर्नु, एमबिबिएस, बीएससी नर्सिङजस्ता व्यावसायिक र महँगा कोर्षहरूमा अध्ययन गर्ने छात्राहरूका लागि छुट्टै छात्रवृत्तिको व्यवस्था आवश्यक बढ्दो रहेको छ ।
यस्तै, ग्रामीण र दुर्गम भेगका छात्राहरूको लागि यातायात, आवास र आवश्यक सामग्री उपलब्ध गराउने कार्यक्रम ल्याउने हो भने, अझ धेरै छात्राहरू लाभान्वित हुनेछन् ।
लुम्बिनी प्रदेश सरकारको यो कार्यक्रमले महिलाको सशक्तीकरण, वैज्ञानिक चेतना विस्तार र सामाजिक समावेशीतातर्फ सशक्त पाइला चालेको छ । साथै पहुँचलाई अझ व्यापक, अनुकूल र सुदृढ बनाउने हो भने, यो छात्रवृत्ति सपना पुरा गर्ने भरपर्दो साधन बन्नेछ ।file photo