टप टी २० सिरिज; आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

Spread the love

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी(२० सिरिजको आफ्नो चौथौँ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दै छ। खेल नेपाली समयअनुसार बिहान ११स्१५ बजे शुरु हुनेछ ।

नेपालले हालसम्म सिरिजमा खेलेका तीन खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ।

नेपाली टिम रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *