तास खेलेको आरोपमा चार जना पक्राउ

Spread the love

तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा तास खेलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका – ४ बस्ने ३२ वर्षीय सुरेन्द्र मल्ल, वडा नं। ८ बस्ने ३१ वर्षीय लोकेन्द्र वली, सल्यानको बागचौर नगरपालिका वडा नं। ७ बस्ने ३२ वर्षीय राजेन्द्र पुन र मिलन गेष्ट हाउसका सञ्चालक ४९ वर्षीय कमानसिंह केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट एक गड्डी तास र ४३ हजार ८ सय ९० रुपैयाँ नगद बरामद गरेको दाबी गरेको छ । पक्राउ परेका चारै दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनिहरुलाई हिजो साँझ पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *