दाङका तिनवटै क्षेत्रमा रास्वपा बिजयि

Spread the love

सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका कमल सुवेदी पूर्वमन्त्रीहरू र पूर्व नगरप्रमुखलाई पराजित गर्दै संसदीय यात्रामा प्रवेश गरेका छन् 

शरद रेग्मी,दाङ, २४ फागुन ।
दाङ क्षेत्र नं।३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन् । नेपाली काँग्रेसका दिपक गिरीलाई २७ हजार सातसय ९५मतले हराउँदै सुवेदी विजयी भएका हुन् ।

उनले ४४ हजार दुईसय ४८मत ल्याएका थिए, भने काँग्रेसका गिरीले १६ हजार चारसय ५३मत ल्याएका थिए ।
त्यस्तै एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याएका छन्, भने नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीनसय २८ मत ल्याएका थिए ।

सो अबसरमा बोल्दै नबनिर्बाचित माननिय कमल सुवेदिले यो जित समग्र दाङबासिको भएको भन्दै पश्चिम दाङको बिकासमा आफुले भुमिका खेल्ने बताउनु भयो ।

उहाले देशभर रास्वपाको जनलहर देखिएको भन्दै यस क्षेत्रको बिकास र निकासमा सहकार्य गर्ने बताउनु भयो ।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाइ फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाका विपिन कुमार आचार्य विजयी हुनु भएको छ । उहाले ४३,५५७ मत प्राप्त गरेर विजयी हुनु भएको छ भने एमालेका शंकर पोख्रेलले १५,२८२ मत प्राप्त गर्नु भएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतान्तर सहित विजयी भएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरण सहित पछि पार्दै ४२ हजार ६ सय २ मत प्राप्तगरी निर्वाचित भएका हुन।

कांग्रेसका चौधरीले १५ हजार २ सय ८० मत प्राप्त गरे भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत प्राप्त गरे ।

नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९ सय ६५ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी स्वतन्त्र चुनाव लडेका थिए । उनले १ हजार तीन सय ८४ मत प्राप्त गरे । यहाँ८० हजार ९ सय ५९ मत खसेको थियो । दाङ १ मा १ लाख ४० हजार १ मतदाता थिए । यहाँ १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *