तुलसीपुर, २३ साउन । उज्यालो अभियान कार्यक्रम अन्तर्गत एक बर्षमा करिव तीन सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०८१र८२मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत दुई सय ८६ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।
नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवनयापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानीयतहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि निःशुल्क शल्यक्रिया हुदै आएको प्रमुख प्रशासक डा सम्शेर थापाले जानकारी दिए । जसअन्तर्गत घोराही उमहानगरपालिकामा एक बर्षमा एक सय ३१, तुलसीपुर उपमहानगरपालिकामा ३९ जना, बबई गाउँपालिकामा ४४ र दंगीशरण गाउँपालिकामा ७२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् ।
त्यस्तै यस बर्षपनि दाङको घोराही उपमहानगरपालिकाले आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म ९ सय ४१ जना आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । चालु आर्थिक वर्ष पनि पालिकाले एक सय ७० जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सम्झौता गरेको छ । आर्थिक बर्ष २०८२र८३ मा पनि घोराही उपमहानगरपालिका भित्रका नागरिकलाई आँखाको मोतियाविन्दुको उपचार तथा शल्यक्रिया गर्नुपरेमा निःशुल्क शल्यक्रियाका लागि नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालसंग सम्झौता गरेको हो ।
विगत ७ बर्षदेखि उज्यालो अभियान अन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको पालिकाका उपप्रमुख हुमा डिसीले जानकारी दिइन् । सेहि अन्तर्गत यसबर्ष पनि १ सय ७० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत गौतमले जानकारी दिए ।
साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रति व्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सो भन्दा फरक शल्यक्रिया गर्नु परेमा थप रकम स्वंय व्यक्तिले तिर्नुपर्ने सम्झौतामा उल्लेखको स्वास्थ्य संयोजक राधा पौडेलले जानकारी दिइन् । आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको साझेदारी कार्यक्रम अन्तर्गत अहिले सम्म घोराही उपमहानगरले ९ सय ४१ जना आँखाको विरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरीपालिकाले आर्थिक बर्ष २०७५÷७६ मा ४० जना, २०७६÷७७ मा १०१ जना र २०७७र७८ मा ७९ जनाको शल्यक्रिया गरेको थियो ।
त्यस्तै २०७८÷७९ मा एकसय जना, ७९÷८० मा एक सय ८७ जना, २०८०÷८१ मा तिन सय १३ जना र २०८१÷८२ मा एक सय ३१ जना आँखाका विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको स्वास्थ्य शाखाले जनाएको छ । यसैविच शान्तिनगर गाउँपालिकाले पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्नका लागि सम्झौता गरेको छ ।
उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म करिव तिन सय जना आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया गरेको पालिकाले चालु आर्थिक वर्ष पनि पालिकाले ५० जनाको शल्यक्रिया गर्ने सम्झौता गरेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ९ ले पनि चालुआर्थिक बर्षमा २५ जना वडाका मोतियाविन्दुका विरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको थियो ।
पैसाका अभावका कारण केहि कसैले पनि दृष्टि विहिन भएर बस्नु नपर्ने अवस्थालाई यस अभियानले सहयोग पु¥याएको छ । नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’’ कार्यक्रमलाई सफल बनाउन सवै स्थानीय पालिकाहरुले यसरीनै सहयोग गरे दृष्टिविहिन्ता न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ भन्दै गोरक्ष दैनिकले खबर लेखेको छ ।








