तुलसीपुरका मेयरले ‘जदौ’ फिल्म खेल्ने

Spread the love

तुलसीपुर, १९ साउन ।अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख टिकाराम खड्काले पनि अभिनय गर्ने भएका छन् ।

चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ। नेपाली मौलिक कथामा बन्न लागेको चलचित्रमा आफुलाई सुहाउने भूमिका भएकोले अभिनय गर्न लागेको बताए ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ । भदौ पहिलो साताबाट सुटिङ थालीने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहेको छ । चलचित्र भदौ पहिलो साताबाट छायांकनमा जानेछ । चलचित्र यसै बर्ष प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ।

मुकुन भुसाल,नीति शाह, प्रभातपाल, बिनोद, सन्ध्या श्रेष्ठ,ऋचा शर्मा, अनिल सुब्बा,सिपी पुडासैनी धतुरे लगायतका कलाकारले अभिनय गर्ने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा,नारायण शास्त्री,गोकुल केसी,अर्जुन खड्का,काजी केसी,सृजना शर्मा,अर्जुन खड्का,दिपक पोखरेल र मनिष शर्मा छन् ।

श्याम तामाङले खिच्ने फिल्मको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी ९देवा०,कला निर्देशक चिरञ्जीवि भण्डारी,द्वन्द्व निर्देशक मिलन श्रेष्ठ छन् । बिनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *