तुलसीपुरमा एकैदिन सर्पको टोकाईबाट ८ जना विरामी, एक बालकको मृत्यु

Spread the love

तुलसीपुर, ३० असार । दाङको तुलसीपुरमा सर्पदंसका विरामीहरु बढ्दै गएका छन् । आज सोमबार मात्रै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ जना सर्पदंसका विरामीको उपचार भइरहेको छ । सर्पको टोकाईबाट तुलसीपुर–१ भमके निवासी २२ बर्षीया सिया वली, तुलसीपुर–८ निवासी ३१ बर्षीया लक्ष्मी गौतम, तुलसीपुर–१७ निवासी १७ बर्षीया जोनिशा बस्नेत, तुलसीपुर–११ निवासी ४० बर्षीया शुसिला नेपाली, तुलसीपुर–१८ निवासी ४० बर्षीय चेतराम चौधरी, तुलसीपुर–७ निवासी ५ बर्षीया साइना रोका, दंगीशरण गाउँपालिका–२ कौवाघारी निवासी १६ बर्षीया पुर्णीमा चन्द र शान्तिनगर गाउँपालिका–१ निवासी ५१ बर्षीया ललिता लामिछाने विरामी परेका छन् ।

अस्पतालका अनुसार उनीहरु हिजो साँझ ७ बजेदेखी आज दिउँसो १२ बजेसम्मको अवधीमा अस्पताल आएका विरामी हुन् । हिजोआज दैनिक ८ देखी १० जनासम्म सर्पले डसेका विरामीहरु अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । विशेषगरी सर्पदंसका घटनामा पर्नेमा कृषी पेशामा आवद्ध नागरिक र बालबालिकाहरु रहेको पाइएको छ । त्यसैगले गर्दा खेतीपातीमा काम गर्दा अथवा घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउन डाक्टरले आग्रह गरेका छन् । सर्पले डसेको अवस्थामा जति सक्यो छिटो १ घण्टा भित्र अस्पताल पुगेमा उपचार सम्भव हुने र ज्यान बचाउन सक्ने अवस्था रहेको डाक्टरहरुले बताएका छन् ।

सर्पले डसेका विरामीहरुलाई लक्षणका आधारमा एन्टिभेनममार्फत उपचार गर्ने गरिएको छ । धामी झाक्रीकोमा गएर ढिला गरी अस्पताल आउदा विरामीको ज्यान जान सक्ने भएकाले सर्पले डसेमा तत्काल अस्पताल आउन आग्रह गरिएको छ ।
आइतबार मात्रै तुलसीपुर–१३ रनियापुरका २२ महिने एक बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *