तुलसीपुरमा ‘चट्टै माया लै लै’ तिज गीत सार्वजनिक

Spread the love

तुलसीपुरको –११ मा रहेको चर्चित भाइरल ‘झोलुङ्गे पुल’ । त्यसको मुनिबाट बगिरहेको कञ्चन् सर्यु गंगा अर्थात बबई नदी । छेउँमै रहेको रमनिय र मनमोहक खुल्ला चौर अनि माथिबाट झुल्किएको नीलो आकाशको दृश्यले चट्टै माया लै लै‘बोलको तिज गीतको सौन्दर्यमा थप जीवन्तता भरेको छ । प्राकृतिक सौन्दर्यको वीचमा निर्माण गरिएको यो गीत, दृश्य र भाव दुबैमा बलियो बनेको देखिन्छ ।

तुलसीपुरमा शनिबार रिलिज गरिएको ‘चट्टै माया लै लै’ बोलको तिज गीतको भिडियोले कार्यक्रममा सहभागी सबैलाई माथि वर्णन गरिएका दृष्यले लोभ्याइरहेको थियो ।
“सिंगल हो, म नि साथ दिने कोही छैन,
चट्टै माया लै लै‘
शिरैमा सिन्दुर भर्नलाई रहर भो‘”


यस्ता हरफहरूले तिज गीतको परम्परागत बान्कीमा हल्का विट हालेको देखिन्छ । गाउँको परिवेश र शहरी सोचको मिलनले गीतलाई थप रसिलो बनाएको छ । ‘चट्टै माया लै लै’ गीतले तिजलाई केवल नाचगानको पर्व हैन, महिलाको भावना र स्वतन्त्र सोचको अभिव्यक्ति गर्ने प्लेटफर्मको रूपमा पनि चित्रण गरेको देखिन्छ ।

परम्पराग शैलीमा आधुनिक स्वाद मिसाएर ल्याइएको यो गीतले आगामी तिजमा दर्शक–स्रोतालाई खुबै आकर्षित गर्ने सम्भावना छ । रोशन वलीको शब्द रहेको गितमा भागिरथ चलाउने र माया केसीको स्वर रहेको छ । जसको निर्देशन झग्गु भण्डारीले गर्नु भएको छ । संचारकर्मी एचआर मगर र माया केसीको अभिनय रहेको गीतमा संगितको संयोजन खेमराज गौतमले गर्नुभएको छ

भिडियो हेर्न क्लि गर्नुहोस 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *