दाङको तुलसीपुर उप–महानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार वितरण गरेको छ । तुलसीपुरका विभिन्न वडामा रहेर कृषी पेशामा आबद्ध किसानलाई फर्म तथा सहकारीमार्फत कृषी औजारका सामाग्री वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । जसअन्र्तगत ८० वटा मिनि ट्रेलर हाते ट्याक्टर ७ वटा चाप कटर र ३ वटा दाना पिस्ने मेसिन लगाएतका सामाग्रीहरु वितरण गरिएको उपमहानगरका पशु शाखाका डा। मनोज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज नगरपालिकाको प्रांगणमा एक कार्यक्रममा बिच नगर प्रमुख टिकाराम खड्काले उक्त सामाग्रीहरु वितरण गर्नुभएको हो । कृषी औजार वितरण गर्दै मेयर खड्काले किसानहरुलाई आफुले पाएको सामाग्रीको सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । सहकारी र फर्म बाहेक कुनै व्यक्तीले यी सामाग्री लिएर दुरुपयोग गरेको पाइएमा उक्त सामान जफत गरिने उहाँले चेतावनी दिनुभएको छ ।
यसमा सरकारको पनि आधा लगानी रहेको भन्दै उहाँले निसुल्क रुपमा दिदा लापरवाही हुनसक्ने भएकाले किसानको पनी अपनत्व हुने गरी ५० प्रतिशत अनुदानमा कृषी औजारका सामाग्री वितरण गरिएको उहाँको भनाई छ । यसले गर्दा कृषकहरुलाई कृषी पेशाप्रति थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । बाहिर बजारमा ८० हजार पर्ने मिनि ट्रेलरलाई नगरपालिकाले ४८ हजारका दरले खरिद गरेर ५० प्रतिशत अनुदान अर्थात किसानलाई २४ हजार मात्रै पर्ने गरी वितरण गरिएको उहाँले बताउनुभयो । यता कृषी औजारका सामाग्रीहरु पाएपछी कृषकहरु पनी खुसी भएका छन् । नगरपालिकाले बास्तविक किसानलाई छनौट गरेर सामाग्री वितरण गरेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । यसले गर्दा आफुहरुलाई कृषी पेशमा थप हौसला प्राप्त भएको उनीहरुले बताएका छन् ।।








