तुलसीपुर राजस्व कार्यालयका सेवा आइतबारदेखि पुनः सुचारु

Spread the love

तुलसीपुर उद्योग वाणिज्य संघको भवनमार्फत सञ्चालन हुने

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण ठप्प परेको सेवा पुनः सुचारु भएको जानकारी सार्वजनिक गरेको छ। आइतबारदेखि कार्यालयले प्रदान गर्ने सेवा तुलसीपुर उद्योग वाणिज्य संघको भवनमार्फत सञ्चालन हुने भएका छन्।

कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले सम्बन्धित सबै करदाताहरू र सरोकारवालाहरूलाई सूचित गर्दै, अब सेवाहरू नियमित रूपमा उपलब्ध हुने बताउनुभएको छ। उहाँका अनुसार, करदाताले भौतिक उपस्थितिमा आम्दानीकर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर लगायतका सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *