दाङको ज्ञान ज्योति माविलाई‘स्कुल अफ दि इयर’ अवार्ड

Spread the love

तुलसीपुर, दाङ ८, असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले राष्ट्रियस्तरको प्रतिष्ठित नेशनल एजुकेशन अवार्ड २०२५ प्राप्त गर्दै ‘स्कुल अफ दि इयर’ को उपाधि हात पारेको छ। शिक्षा क्षेत्रको सुधारका उपाय र योगदानबारे केन्द्रित फोकस नेपाल संस्थाद्वारा काठमाडौंमा आयोजित विचार गोष्ठी, शिक्षा सम्मान तथा सांस्कृतिक समारोहमा विद्यालयलाई यो अवार्ड प्रदान गरिएको हो।

असार ७ गते सम्पन्न सो कार्यक्रममा विद्यालयले शैक्षिक उत्कृष्टता, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापनाकालीन योगदान र देशभरकै उत्कृष्ट नतिजा ल्याएको आधारमा सम्मान प्राप्त गरेको हो। विद्यालयका एकेडेमिक कोअर्डिनेटर शरद गौतमले ‘स्कुल अफ दि इयर’ अवार्ड ग्रहण गर्नुभएको थियो। देशभरका सयौं प्रतिस्पर्धी शिक्षालयहरूलाई पछि पार्दै ज्ञानज्योति मावि देशभरको उत्कृष्ट सात स्कुलमध्ये एक बन्न सफल भएको हो।

पश्चिम नेपालकै नमुना व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि चिनिएको ज्ञानज्योति माविले यसअघि पनि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय स्तरका अवार्डहरू जित्दै आएको छ। विद्यालयले विज्ञान, वाणिज्य तथा व्यवस्थापन संकायमा पटक–पटक उत्कृष्ट नतिजा दिँदै आफ्नो प्रभावशाली उपस्थिति जमाउँदै आएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *