तुलसीपुर, १४ असार । दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिको छ ।
बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझपख चन्द्र मगरलाई पक्राउ गरेको थियो । गोपिनियतालाई ख्याल गर्दै घटना भएको स्थान र पिडितको नाम गोप्य राखिएको छ ।
कानूनले के भन्छ ?
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ बमोजिम दोषी ठहर भएमा करणी गर्दाको अवस्था र उमेर हेरी १० वर्ष भन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म, १० देखि १४ वर्ष मुनिकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । त्यसैगरी १४ देखि १६ वर्ष उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष, १८ वर्ष भन्दा कम उमेरकी महिला भए १०देखि १२ वर्ष र १८ वर्षभन्दा बढी उमेरकी भए ७ देखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।